काभा पुरुष भलिबलमा नेपाल अफगानिस्तानसँग पराजित

26 Oct, 2025
Share:
117 Shares

बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ। 

आइतबार ढाकामा भएको खेलमा नेपाल अफगानिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो। 

खेलमा नेपालले पहिलो सेट २५–१८ ले गुमाएको थियो। त्यसपछि नेपाल दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२१ ले पराजित भयो।

जारी प्रतियोगिताको चौथो खेलमा नेपालको यो तेस्रो हार हो। 

माल्दिभ्सलाई ३–० को सेटमा हराएको नेपाल ताजिकिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो।