पुलिसले जित्याे राष्ट्रिय भलिबल उपाधि

11 Jan, 2024

नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्यो। सुरुवातमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो। पहिलो सेट गुमाएको पुलिस दोस्रो सेटबाट भने खेलमा फर्कियो।

दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्याए। पुलिसले तेस्रो सेट २५–१८ ले जित्दै खेलमा २–१ को सेटमा अग्रता लिन सफल भयो। चौथो सेटमा पनि पुलिसल २५–२३ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो।  उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]