युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि सिटीसँग खेल्ने

22 Apr, 2024

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ। वेम्बलीमा आइतबार राति भएको खेलमा कभेन्ट्री सिटीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै युनाइटेड फाइनलमा पुगेको थियो।

निर्धारित समय र थप गरिएको समयको खेल ३–३को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा युनाइटेडका डिएगो डालोट, क्रिस्टियन एरिक्सन, ब्रुनो फर्नान्डेस र हास्मस होइल्यान्डले गोल गरेका थिए। कासिमिरोको प्रहार गरेका कभेन्ट्रीका गोलकिपरले बताएका थिए।

कभेन्ट्रीका भिक्टर ट्राप र हाजी राइटले मात्र गोल गरे भने कालुम हारेको प्रहार युनाइटेडको गोलपिकर आन्द्रे ओनानाले रोके भने बेन सेफको प्रहार पोस्टमाथि बाट बाहिरिएको थियो।

दोस्रो डिभिजन क्लब कभेन्ट्रीलाई हराउन युनाइटेडले निकै संघर्ष गर्नुपरेको थियो। कभेन्ट्रीले ३–०ले पछि परेको अवस्थाबाट उत्कृष्ट कमब्याक गर्दै खेललाई ३–३मा ल्याएको थियो।

२३औं मिनेटमा स्कट म्याकटोमिनी, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी मग्वायर र ५८औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेका थिए। त्यसपछि ७१औं मिनेटमा इलिस सिम्स, ७९औं मिनेटमा कालुम हारे र राइटले इन्जुरी समयको पाँचौं मिनेटमा पेनाल्टीमा गोल गर्र्दै खेलालाई बराबरीमा ल्याएका थिए।

त्यसपछि खेलमा ३० मिनेट थप गरिएको थियो। ३० मिनेटको समय केही सेकेन्डमात्र बाँकी रहेको अवस्थामा कभेन्ट्रीले गोल गरेको थियो । तर, सो गोललाई भारले अफ साइड दिएको थियो।

अब यनुनाइटेडले उपाधिका लागि म्यान्चेस्टर सिटीसँग खेल्नेछ । सिटी चेल्सीलाई हराउँदै यसअघि नै फाइनल हो।