वर्षाले खेल रोकिँदा हैदरवाद प्लेअफमा

17 May, 2024

सनराइजर्स हैदराबादले बिहीबार आईपीएलको प्ले–अफमा आफ्नो स्थान सुरक्षित गरेको छ । गुजरात टाइटन्सविरुद्धको खेल भारी वर्षाका कारण हुन नसकेपछि हैदराबादले अर्को चरण खेल्ने निश्चित भएको हो ।

वर्षाले खेल पूर्णतः बिथोलिएपछि दुवै टिमले एक(एक अंकमा चित्त बुझाए। हैदराबादको १५ अंक भएको छ र लिग तालिकाको तेस्रो स्थानमा छ । गुजरात भने यसअघि नै प्ले–अफ पुग्ने समीकरणबाट बाहिरिसकेको छ।

अब प्ले–अफ खेल्ने अन्तिम तथा चौथो टिमका लागि डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्ने छन्। कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स यसअघि नै प्ले–अफ पुगिसकेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]