चेककी क्रेचिकोभा बनिन् विम्बल्डनको महिलातर्फका च्याम्पियन

14 Jul, 2024
Share:
117 Shares

चेक गणतन्त्रकी बारबोरा क्रेचिकोभाले शनिबार विम्बल्डन २०२४ को महिला एकलको उपाधि जितेकी छिन्। उनले तीन सेट चलेको फाइनलमा इटालीकी जेस्मिन पाओलोनीलाई पराजित गरिन्।

सेन्टर कोर्टमा भएको खेलमा क्रेचिकोभा ६–२, २–६ र ६–४ ले विजयी रहिन्। उनले विम्बल्डनको एकल उपाधि जितेको यो पहिलो पटक हो। उनले तेस्रो म्याच प्वाइन्टमा खेल आफ्नो पक्षमा पारिन्।

क्रेचिकोभाले ग्रान्ड स्लामको उपाधि जितेको भने यो दोस्रोपल्ट हो। यसअघि उनले सन् २०२१ मा फ्रेन्च ओपनको उपाधि चुमेकी थिइन्। पाओलानी भने आफ्नो दोस्रो ग्रान्ड स्लाम फाइनल खेलिरहेकी थिइन्।