यू–१७ साफमा यस्तो छ पाकिस्ताविरुद्ध खेल्ने नेपाली टोली

21 Sep, 2024

साफ यू–१७ च्याम्पियनसिपका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक गरिएको छ।

२३ खेलाडीसहित भुटान आइपुगेको नेपालले पाकिस्तानविरुद्ध आज हुने पहिलो खेलका लागि सुवास बमको कप्तानीमा प्लेयिङ ११ सार्वजनिक गरेको हो।

मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट टिम मैदान उतार्ने बताए। सबै खेलाडीहरुमा अब्बल क्षमता रहेको बताउँदै प्लेयिङ ११ मा नपरेका खेलाडीले चित्त दुखाउन नहुने उल्लेख गरे।

पाकिस्तानविरुद्धको खेलमा गोलपोष्टको जिम्मेवारी पेम्बा नोर्बु भोटेले सम्हाल्ने छन्। यसैगरी फरवार्डमा कप्तान सुवास बमसहित सुजन डंगोल र विज्ञान खड्का रहेका छन्।

डिफेन्समा एकराज विके, प्रशान्त मोक्तान, भुवन कामी र निशान्त लावत रहेका छन्। त्यसैगरी मिडफिल्डमा जोन विष्ट, पवन पाख्रिन र कृष्णबहादुर आले रहेका छन्।

नेपाल र पाकिस्तानबीचको खेल थिम्पुमा रहेको चाङ्लीमिथाङ रंगशालामा नेपालको समय अनुसार पौने २ बजे सुरुहुने छ।

नेपालको यू १७ टोली : सुवास बम (कप्तान), पेम्बा नोर्बु भोटे (गोलकिपर), एकराज वि।के, प्रशान्त मोक्तान, जोन विष्ट, सुजन डंगोल, पवन पाख्रीन, कृष्णबहादुर आले, भुवन कामी, विज्ञान खड्का र निशान्त लावत।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]