कर्णाली हाफ म्याराथनको उपाधि सेनाका नरेन्द्र र पुलिसका पुष्पालाई

11 May, 2024

कर्णाली हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी पुष्पा भण्डारीले हात पारेका छन्।

प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार बिहान भएको प्रतियोगितामा नेपाली सेनाका रावत र एपीएफकी भण्डारी विजयी भएका हुन्।

प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाकै रामजी बस्नेत दोस्रो र श्रीकश राई तेस्रो भएका छन्। सशस्त्र प्रहरी बल एपीएफका राजन चौधरी चौथो भएका छन्।

महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो र जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भएकी छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार, दोस्रो हुँनेलाई ३० र तेस्रोलाई २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक समेत रहेका वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीले जानकारी दिए।

प्रतियोगितामा विजयी हुनेहरूलाई पुरस्कार वितरण गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको क्षमता र आवश्यकता अनुसार खेल क्षेत्रको योजना बनाउने बताए।