नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा कीर्तिमानी समयसहित ट्रेस रेसको उपाधि जितेकी छन्।
उनले आइतबार भएको वेनलिङ गोल्डेन कोस्ट ट्रेल रेस अन्तर्गत ७० किमी रेसको दूरी ७ घण्टा ६ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।
चीनमा हुने चुनौतीपूर्ण रेसमा सुनमायाले निकालेको समय रेसको कीर्तिमानी समय हो। यो रेस गोल्डेन ट्रेल रेस वर्ल्ड सिरिज २०२४ अन्तर्गतको रेस हो।
सुनमायाले हङकङको आईटीआरए नेसनल लिगको उपाधि पनि जितेकी थिइन्। उनी १०० किलोमिटर अल्ट्रा रेसमा विश्वकै शीर्ष ८ अल्ट्रा रनर हुन्।
यस वर्ष सुनमायाको स्पोनरसर समेत परिवर्तन भएको छ। यसअघि सुनमायालाई नर्थ फेस एसियाले प्रायोजन गरेको थियो भने हाल चीनको ठूलो स्पोर्ट्सवेयर ब्रान्ड कैलशा फुगोले प्रायोजन गरेको छ।