रेयल च्यालेन्जर्स बेंगलुरु आईपिएलको तेस्रो स्थानमा उक्लिएको छ। आइतबार भएको खेलमा पञ्जाब किंग्समाथि ७ विकेटको जित निकाल्दे बेंग्लुरु अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।
मुल्लानपुरको महाराजा यादविन्द्र सिंह क्रिकेट स्टेडियममा भएको यो खेलमा बेंगलुरुले ले १५८ रनको लक्ष्य १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। यो जितसागै बेंग्लुरुले दुई दिनअघि पञ्जाबसँगको हारको बदला पनि लियो।
पहिला पञ्जाब किंग्सले पावरप्लेमा राम्रो सुरुवात गरे पनि, मध्य ओभरहरूमा बेंग्लुरुका स्पिनरहरू क्रुणाल पाण्ड्या र सुयश शर्माले उत्कृष्ट बलिङ गर्दै पञ्जाबलाई दबाबमा राखे। उसले २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनायो।
पञ्जाबका प्रभसिमरन सिंहले ३३, सशांक सिंहले ३१, जोश इंग्लिसले २९, मार्को यान्सनले २५ र प्रियंश आर्यले २२ रन बनाए। बलिङमा बेंग्लुरुका क्रुनाल र सुयशले समान २ विकेट लिए।
जवाफी ब्याटिङमा बेंग्लुरुले विराट कोहलीको अविजित ७३ रन (५४ बल, ७ चौका, १ छक्का) र देवदत्त पडिक्कलको आक्रामक ६१ रन (३५ बल, ५ चौका, ४ छक्का) को सानदार प्रदर्शनमा सहज जित हासिल गर्यो।
यी दुईले दोस्रो विकेटका लागि १०३ रनको साझेदारी गरे, जसले खेललाई बेंग्लुरुको पक्षमा पारेको थियो। कोहलीले यो अर्धशतकसँगै आईपीएलमा सर्वाधिक अर्धशतक (६७) को कीर्तिमान पनि बनाए।
पञ्जाबका युजवेन्द्र चहल, आर्शदीप सिंह र हारप्रित ब्रारले समान १ विकेट लिए।
यो जितले बेंग्लुरु ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। समान खेलमा १० अंक नै भएपनि पञ्जाब किंग्स चौथो स्थानमा झरेको छ।