आईसिसी विश्वकप लिग २को आसन्न सिरिजकालागि टिम छान्न नेपाल क्रिकेट संघ(क्यान)ले ४८ खेलाडीलाई क्याम्पमा बोलाएको छ।
क्यानले स्कटल्यान्डमा हुने लिग–२को त्रिकोणात्मक सिरिजका लागि टिम छनोट गर्न सुरु गर्न खेलाडीलाई क्याम्पमा बोलाएको हो।
क्याम्मा बोलाइएका ४८ खेलाडीलाई चार समूहमा विभाजन गरी खेल खेलाइने छ। जसलाई मुख्य प्रशिक्षक स्टुआर्ट लले प्रत्यक्ष निगरानी गर्नेछन्। त्यही खेलबाट स्कटल्यान्ड भ्रमणका लागि खेलाडी छनोट गरिने छ।
यो क्याम्पमा हङकङमा हुने टि–२० सिरिजको क्याम्पमा नरहेका अनिलकुमार साहा, सन्दीप लामिछाने, आरिफ सेख, भीम सार्कीलगायत खेलाडी पनि छन्।
छनोटमा परेका खेलाडीहरू:
१. रोहित कुमार पौडेल, २. दीपेन्द्र सिंह ऐरी, ३. सन्दीप लामिछाने, ४. सोमपाल कामी, ५. आसिफ शेख, ६. कुशल भुर्तेल, ७. गुल्सन कुमार झा, ८. करण केसी, ९. ललित नारायण जोशी, १०. अनिल कुमार साह, ११. सन्दीप जोरा, १२. आरिफ शेख, १३. भीम सार्की, १४. कुशल मल्ल, १५. सागर ढकाल, १६. लोकेश बम, १७. शाहब आलम, १८. आकाश चन्द, १९. विवेक कुमार यादव, २०. सूर्य तामाङ, २१. रिजन ढकाल, २२. देव खनाल, २३. बसिर अहमद, २४. प्रतिस जीसी, २५. अविनाश बोहरा, २६. मयन यादव, २७. अर्जुन घर्ती, २८. हेमन्त धामी, २९. दीपेश प्रसाद कँडेल, ३०. रुपेश कुमार सिंह, ३१. अर्जुन कुमाल, ३२. शुभ कंसाकार, ३३. किरण ठगुन्ना, ३४. ईशान पाण्डे, ३५. शेर मल्ल, ३६. प्रज्वल थापा, ३७. तृतराज दास, ३८. दीपेन्द्र रावत, ३९. नन्दन यादव, ४०. सुजन थपलिया, ४१. दिलीप नाथ, ४२. आकाश त्रिपाठी, ४३. विशाल पटेल, ४४. शाकिब हक, ४५. विनोद भण्डारी, ४६. पवन सर्राफ, ४७. राशिद खान, ४८. अर्जुन साउद