किरण ठगुन्ननाले आकर्षक शतक प्रहार गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ। आइतबार दाङको देउखुरीमा भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३१ रनले हरायो। यो उसको तेस्रो जित हो।
२४३ रनको लक्ष्य पछ्याएको कोशी ४५.१ ओभरमा २११ रनमै अलआउट भयो। उसका लागि शाकिब हकले ६६ बलमा ११ चौका प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए। यसतै, अंकित सुवेदी र समिर कार्कीले समान ३८ न बनाउँदा आइश भट्टराईले ३६ रन बनाए।
बलिङमा सुदूपश्चिममाका सौर्य श्रेष्ठले ३ तथा भोजराज भट्टले २ विकेट लिए।
त्यअसघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले किरणको शतक मद्दतमा ४३.४ ओभरमा अलआउट हुँदै १४२ रन बनाएको थियो। उसका किरणले ९१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाए। यो उनको जारी प्रतियोतिगाको दोस्रो शतक हो। यसअघि उनले गण्डकी प्रदेशविरुद्ध १२१ रनको इनिङ खेलेका थिए।
सुदूरपश्चिमका उनीबाहेक अन्यले भने गतिलो योगदान दिन सकेनन्। बलिङमा कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए भने फिर्दोस अन्सारी कप्तान अंकित सुवेदीले समान २ विकेट लिए।
तेस्रो जितसँगै ६ अंक जोडेको सुदूरपश्चिम सातौं स्थानमा छ भने कोशी २ अंकसहित नवौं स्थानमा छ।