राष्ट्रिय महिला भलिबलमा आर्मीलाई हराउँदै न्यु डायमन्ड तेस्रो बन्यो

27 Apr, 2024

सातौं केएनपी नेरोलेक महिला भलिबलमा चन्द्रागिरी न्यु डायमण्ड क्लब तेस्रो बनेको छ ।

त्रिपुरेश्वरस्थित राखेपा कभर्ड हलमा शनिबार भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै न्यु डायमन्ड तेस्रो बनेको हो।

न्यु डायमण्डले आर्मीमाथि ३–१को जित निकाल्यो। पहिलो सेट २४–२६ ले गुमाए पनि त्यसपछि लागतार तीन सेट जित्दै न्यु डायमन्ड विजयभी यो।

त्यसपछि न्यु डायमन्ड दोस्रो सेटमा २५–२०, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२०ले जित्दै तेस्रो भयो।

तेस्रो भएसँगै न्यु डायमण्डले १ लाख २५ हजार र आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगिताको उपाधिका लागि आज नै विभागिय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भीड्ने छन्।