फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहान भएको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्सले क्वाटरफाइनलमा प्रवेश गरेको हो।
फ्रान्सका किलियन एम्बाप्पेले निर्णायक गोल गरे। खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै एम्बाप्पेले फ्रान्सलाई अग्रता दिलाएका थिए। डिजायर डुएलाई पाराग्वेका खेलाडीले लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो।
जारी विश्वकपमा यो उनको सातौं गोल हो। उनी अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छन् । एम्बाप्पे मेसीको विश्वकपको सर्वकालीन २० गोलको कीर्तिमानभन्दा मात्र एक गोलले पछि परेका छन्।
सेमिफाइनल प्रवेशका लागि फ्रान्सले अब मोरक्कोसँग खेल्नेछ यी दुई टोली सन् २०२२ को विश्वकपमा सेमिफाइनलमा प्रतिष्पर्धा गरेका थिए।
