इशान किशनले सानदार शतक प्रहार गरेपछि इन्डियन प्रियिमर लिग (आईपिएल)मा गत सिजनको फाइनलिस्ट सनराइजर्स हैदरावादले विजयी सुरुआत गरेको छ। आइतबार राजिव गान्धी अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा खेलमा सनराइजर्सले राजस्थान रोयल्समाथि ४४ रनको सानदार जित निकाल्यो।
आईपिएलकै दोस्रो ठूलो १८७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेटको क्षतिमा २४२ रन मात्रै बनाउन सक्यो। उसका लागि ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए। उनले ३५ बलमा ५ चौका र ६ छक्का प्रहार गरे।
यस्तै, सन्जु सामसनले ३७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ६६ रन बनाउँदा सिम्रोन हेटमायरले २३ बलमा १ चौका र ४ छक्का मद्दतमा ४२ रन बनाए। यस्तै, शुभम दुवेले ११ बलमा १ चोका र ४ छक्का नै प्रहार गर्दै ३४ रन बनाए।
बलिङमा सिमरजित सिंहले र हर्षल पटेलले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदारावादले ६ विकेटको क्षतिमा २८६ रन बनायो। यो आईपिएल इतिहासकै दोस्रो ठूलो स्कोर हो। यसअघि अघिल्लो सिजन हैदरावादले नै २८७ रन बनाएको थियो।
हैदरावादका लागि डेब्यू खेलमै इशान किशनले शतक बनाए। उनले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। यो उनको आईपिएलको पहिलो शतक हो।
यस्तै, त्रविस हेडले ३१ बलमा ९ चौका र ३ छक्का मद्दतमा ६७ रन बनाउँदा हेनरिच क्लासन १४ बलमा ३४ रन बनाए भने नितिश कुमार रेड्डीले १५ बलमा ३० र अविषेक शर्माले ११ बलमा २४ रन बनाए।
बलिङमा राजस्थन रोयल्सका तुसारदेश पाण्डेले ३ विकेट लिँदा महिश थिक्सानाले २ विकेट लिए।
यता, इंग्लिस बलर जोफ्रा आर्चरले खराब कीर्तिमान बनाए। उनी आईपिएल इतिहासका सबैभन्दा महँगा बलर सावित भए। उनले ४ ओभरमा विना विकेट ७६ रन खर्चिए। उनले १ मात्र डट बल गरेका थिए।