डेनमार्कमाथि सानदार जितसहित पाेर्चुगल नेसन्स लिगको सेमफाइनलमा, सेमीकाे भीडन्त जर्मनीसँग

24 Mar, 2025

पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। डेनमार्कमाथि समग्रमा ५–३ को जित निकाल्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको हो।

पहिलो खेलमा १–०ले पछि परेको पोर्चुगलले दोस्रो लेगमा पोर्चुगलले ५–२को जित निकाल्यो।

खेल निकै रोमाञ्तक रह्यो। निर्धारित समयको खेलमा पोर्चुगलले ३–२ को जित निकालेपछि खेल समग्रमा ३–३को बराबरीमा सकिएको थियो। त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो। जसमा पोर्चुगल हावी भयो।

खेलको ३८औं मिनेटमा जोएकिम एन्डरसनसको आत्मघाती गोलमार्फत पोर्गुगलले अग्रता लिएको थियो। त्यसअघि छैठौं मिनेटमै रोनाल्डोले पेनाल्टीमा गोल गर्न असफल भएपछि पोर्चुगलले सुरुआती अग्रता लिने अवसर गुमाएको थियो।

दोस्रो हाफको ५६औं मिनेटमा रास्मस क्रिस्टेनसनले गोल फर्काएपछि खेल बराबरीमा आयो। ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै गोल गरेपछि पोर्चुगलले खेलमा अग्रता लियो।

लगत्तै ७६औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गरेपछि डेनमार्कले खेल बराबरी गर्दै समग्रमा अग्रतामा ल्यायो र समग्रहमा ३–२को अग्रता बनायो।

तर, ८६औं मिनेटमा ट्रिनकाओले गोल गरेपछि पोर्चुगललाई खेलमा फर्कायो। यो गोलपछि ३–२ को जितसहित पोर्चुगलले खेलालाई ३–३ को बराबरीमा ल्याएको थियो।

तर, अतिरिक्त समयमा पोर्चुगल हावी भयो। ९१औं मिनेटमा ट्रिनकाओले गोल गरे गर्दै पोर्चुगललाई जिततर्फ अग्रसर बनाए। ११५औं मिनेटमा गोन्सालो रामोसले गोल गरेपछि खेलमा पोर्चुगल समग्रमा ५–३ले विजयी भयो।

यस्तै, अर्को खेलमा तिज निकाल्दै जर्मनी पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेल ३–३को बराबरीमा सकिएपछि जर्मनीले इटालीलाई समग्रमा ५–४ले हरायो।

खेलमा उसका जोसुआ किमिच, जमान मुसियाला र टिम केलन्डेन्स्टले गोल गरेका थिए भने इटालीका लागि मोइस केनले २ तथा जिआकोमो रास्पाडोरीले गोल गरेका थिए।

अब सेमिफाइतमा यी पोर्चुगल र जर्मनी भिड्ने छन्।