पोखरा एभेन्जर्सले भित्र्यायो इंग्लिस विकेटकिपर एडम रोसिङटन

24 Oct, 2025

पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ ।

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि रोसिङटनलाई अनुबन्ध गरेको हो। मंसिर १ देखि मंसिर २७ सम्म आयोजना हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो।

रोसिङटन नेपालमा पहिलो पटक खेल्न लागेका हुन्। इंग्ल्यान्डको राष्ट्रिय टिममा नपरेपनि रोसिङटनले घरेलु क्रिकेटमा भने प्रदर्शन उत्कृष्ट छ।

काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणी खेल खेलेका छन् भने टी–२० फार्मेटमा सयौँ खेल खेलेका छन् र करिब तीन हजार पाँच सयभन्दा बढी रन बनाएका छन् । दायाँ हाते ब्याटर र विकेटकिपरका रूपमा मैदानमा उनको तेज तर टिकाउ खेलले टोलीलाई नियमित योगदान पुर्याउनेछ र पावरप्लेमा तीव्र सुरुवात गराउने क्षमताका लागि उनी परिचित छन्।

रोसिङटनले विश्वभरका प्रमुख टी–२० लिगहरूमा पनि खेल्दै अनुभव सङ्कलन गरेका छन् । पाकिस्तान सुपर लिगमा कराची किङ्सबाट उनले छोटो अवधिमा राम्रो प्रदर्शन गरेका थिए भने दक्षिण अफ्रिकाको एसए–२० मा सनराइजर्स ईस्टर्न केपबाट खेल्दा पहिलो संस्करणमै उपाधि जित्न टोलीलाई सहयोग पुर्याएका थिए। त्यही क्रममा फाइनलमा उनले ३० बलमा ५७ रनको प्रभावशाली रूपमा खेलेका थिए।

साथै उनले संयुक्त अरब इमिरेट्समा सञ्चालन हुने आईएल टी–२० मा दुबई क्यापिटल्सको प्रतिनिधित्व गरेका छन् र इंग्ल्यान्डको द हन्ड्रेड लिगमा लन्डन स्पिरिटबाट पनि सहभागी भइसकेका छन् । यी विविध अन्तर्राष्ट्रिय अनुभवले उनलाई विभिन्न परिस्थितिमा खेल्न र दबाबमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाएको छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]