अदिल आलमका लागि आठै टिमले लगाए अधिकतम बोली, लक्की ड्रबाट काठमाडौं गोर्खाजमा

9 Aug, 2025
Share:
117 Shares

प्रतिबन्धबाट मुक्त हुँदै क्रिकेटमा फर्किएका युवा अलराउन्डर मोहम्मद अदिल आलमले काठमाडौं गोर्खाजबाट एनपिएलको दोस्रो संस्करण खेल्ने भएका छन्।

होटल टुलिपमा जारी मिनि अक्सनमार्फत काठमाडौंले अधिकतम मूल्यमा आलमलाई भित्र्याएको हो।

अक्सनमा ए क्याटेगोरीमा रहेका आलमका लागि सबै टिमले अधिकतम विट गरेका थिए। जारी अक्सनमा आठै टिमले अधिकतम विड गर्ने उनी एक्ला खेलाडी हुन्।

आठै टिमले विड गरेपछि लक्की ड्रमार्फत उनी काठमाडौंमा पुगेका हुन्। उनी यो अक्सनका हटकेट थिए।

यो अक्सनमा पवन सर्राफ, अर्जुन साउद र देव खनाल पनि अधिकतम १५ लाखमा विकेका थिए।