जारी टि–२० विश्वकपमा अस्ट्रेलियाले ऐतिहासिक जित हात पारेको छ। आइतबार बिहान किंग्सटाउनमा आएको खेलमा अफगानिस्तानले उपाधि दाबेदार मानिएको अस्ट्रेलियामाथि २१ रनको जित निकाल्यो।
अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई पहिलो पटक हराएको थियो। यो जितसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना पनि कयमै भएको छ। पहिले खेलमा भारतसँग हारेको अफगानिस्तानले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ।
अघिल्लो वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा अफगानिस्तान अस्ट्रेलियानलाई हराउनबाट नजिक पुगेको थियो। तर, ग्लेन म्याक्सवेलले मिराकल इनिङ खेलेपछि अफगानिस्तान पराजित भएको थियो।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रनमै अलआउट भयो। उसका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय इनिङ खेले। उनले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५९ रन बनाए।
उनीबाहेक कप्तान मिचेल मार्सले १२ र मार्कस स्टोइनिसले ११ रन बनाउनुका बाहेक अन्यले गतिलो यागदान दिन सकेनन्।
अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा गुल्बादिन नइबले घातक बलिङ गरे। उनले ४ ओभरमा २० रन मात्र खर्चेर ४ विकेट लिए। उनको यो करिअरकै उत्कृष्ट स्पेल हो। यस्तै, नविन उल हकले ३ तथा अज्मतुल्लाह ओमरजाइ, मोहम्म्द नाबी र रसिद खानले समान १ विकेट लिए।
त्यअसघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १४८ रन बनायो। उसका लागि रमनुल्लाह गुर्बाजले सर्वाधिक ६० रन बनाए। उनले ४९ बलमा समान ४ चौका र छक्का प्रहार गरे। यस्तै, इब्राहित जद्रानले ४८ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाए।
यी दुईले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। जारी प्रतियोगितामा गुर्बाज र जद्रानले तेस्रो पटक शतकीय साझेदारी गरेका हुन्। यी दुईबाहेक करिम जन्नतले १३ र मोहम्मद नाबीले १० रन बनाए।
बलिङमा प्याट कमिन्सले ३ तथा एठम जाम्पाले २ विकेट लिए।
सुपर ८को यो समूहमा भारत ४ अंकसहित शीर्ष स्थानमा छ भने अस्ट्रेलिया र अफगानिस्तानको समान २ अंक छ। रनरेटमा अस्ट्रेलिया दोस्रो र अफगानिीतान तेस्रो स्थानमा छ। बंगलादेशभने जितबिहीन छ।