आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेशन्स बंगलादेशविरुद्धको सिरिज जित्न सफल भएको छ। तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै एक खेल अगावै अमेरिकाले सिरिज जितेको हो।
बिहीबार राति ह्युस्टनको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा अमेरिकाले ६ रनको जित निकालेको हो।
१४५ रनको समान्य लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १३८ रनमै अलआउट भयो। उसका लागि कप्तान नजमुल सान्टोले ३४ बलमा सर्वाधिक ३६ रन बनाउँदा ३६ रन बनाए भने सकिब अल असनले ३० र टोहिड हृदोयले २५ रन बनाए।
बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा अमेरिकाका अली खानले ३ तथा सौरभ नेत्रवाल्कर र स्याड्ली भान स्कल्कवेकले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ६ विकेटको क्षतिमा १४४ रन बनायो। उसका लािग मोनांक पटेलले ३८ बलमा ४ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४४ रन बनाए।
यस्तै, आरोन जोन्सले ३४ बलमा ३५ रन बनाउँदा स्टेभन टेलरले २८ बलमा ३१ र कोरी एन्डरसनले १० बलमा ११ रन बनाए। बलिङमा बंगलादेशका शोरिफुल स्लम, मुस्तफिजुर रहमान र रिसद हुसैनले समान २ विकेट लिए।
सिरिजको अन्तिम खेल भोलि हुनेछ।