आन्द्रे गौसले बनाए एनपिएलको पहिलो शतक

6 Dec, 2024
Share:
117 Shares

आन्द्रो गौसले नेपाल प्रिमियर लिगको पहिलो शतक प्रहार गरेका छन्। शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सका ओपनर आन्द्रे गौसले लुम्बिनी लायन्सविरुद्ध प्रतियोगिताको पहिलो शतक प्रहार गरेका हुन्।

गौसले १६ ओभरको अन्तिम २ बलमा छक्का र चौका प्रहार गर्दै शतक बनाए। उनले ५४ बलमा १२ चौका र ५ छक्का प्रहार गर्दै एनपिएलको पहिलो शतक बनाए।

त्यसअघि उनले २० बलमा अर्धशतक बनाउँदै एनपिएलकै सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बाएका थिए। उनले दीपेन्द्रसिंह ऐरीको नाममा रहेको २३ बलको कीर्तिमान तोडेका हुन्।