प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। आइतबार कीतिपुरस्थित टियू मैदानमा भएको खेलमा कप्तान विनोद भण्डारीको शतक मद्दतमा आर्मीले मधेश प्रदेशमाथि १२६ रनको फराकिलो जित निकाल्यो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्का सहित ११३ रन बनाए। ओपनर इमरान शेख २६ तथा अर्का ओपनर सन्तोष कार्की ४२ रनमा आउट भए । कुशल मल्ल र विवेक यादवले सामान ३७ रन बनाए।
मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए। विशाल पटेलले २ विकेट लिँदा रुपेश सिंह र राजेश यादवले समान १ विकेट लिए ।
आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८.३ ओभरमा १९४ रनमा अलआउट भयो । मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाए । उनले ३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
ओपनर मयन यादवले ३४ र राजेश यादव ३२ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। आर्मीका लागि साहब आलमले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ विकेट लिए।
त्यस्तै सोमबार नै भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गर्यो। जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २९।३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १ सय ५८ रनमा अल आउट भएको थियो।
पहिलो पटक राउण्ड रोविन लिग फर्म्याटमा सुरु प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन्। लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।