कोशी प्रदेश टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। आज विराटनगरस्थित वैजनाथ रंगशालामा भएको खेलमा कर्णाली प्रदेशमाथि ९ विकेटका फाराकिलो जित निकाल्दै आर्मीले उपाधि जितेको हो।
कर्णालीले दिएको १११ रनको सामान्य लक्ष्य आर्मीले १२.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। उसका लागि आर्मीका त्रितराज दास५० रन बनाए।
यस्तै, इमरान शेखले ३० बलमा ३८ रन बनाउँदा सन्तोष कार्कीले ११ बलमा २१ रन बनाए। बलिङमा एकमात्र विकेट दिनेश अधिकारीले दिए।
टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले अन्तिम बलमा अलआउट हुँदै ११० रन बनायो। उसका लागि विपिन रावलले सर्वाधिक २७ रन बनाए। यस्तै, कप्तान रविन्द्र शाही र मनिष थापाले २१–२१ रन बनाए।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका त्रितराज दास, शहाब आलम, सुमित श्रेष्ठ र बसिर अहमदले समान २–२ विकेट लिएका थिए।
आर्मीले उपाधिसहित ५ लाख र उपविजेता टिमले ३ लाख रुपैयाँ प्राप्त गरे।
मोरङ क्रिकेट संघको आयोजनामा चैत २२ गते सुरु भएको प्रतियोगितामा तीन विभागीय र ७ वटा प्रदेशका टिमले सहभागिता जनाएका थिए।