एसिया कपमा भारतसँगको खेल खेलेपछि नेपाली क्रिकेटर भारतीय टिमको ड्रेसिङ रुप पुगेका थिए। नेपाली क्रिकेटलाई भारतीय मुलकै नेपाली प्रशिक्षक मोन्टी देसाईले भारतीय ड्रेसिङ रुममा लिएर गएका थिए।
ड्रेसिङ रुममा नेपाली क्रिकेटरले भारतीय खेलाडीहरुसँग फोटो खिचाए, र केही कुराकानी पनि गरे। भारतीय क्रिकेटरहरु नेपाली ड्रेसिङ रुममा पनि आए।
ह्यापी ड्रेसिङ रुमको अवधारणाअनसार प्रशिक्षक मोन्टीले राम्रो गर्ने खेलाडीहरुलाई मेडल दिने गरेका छन्। त्यसक्रममा भारतीय क्रिकेटर कोहलीले आशिफ शेखलाई मेडल लगाइदिए।
भारत आसिफले भारतविरुद्ध अर्धशतक बनाएका थिए। उनी एसिया कपमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका थिए।
खेलमा सुरुआतमै विराट कोहलीले आफिसको सहज क्याच छाडेका थिए। मेडल लगाउने क्रममा त्यही प्रशंग निकालेर विराटले ‘एउटा मेडल मलाई दिनू, मैले क्याच छाडेको छु’ भनेर ठट्टा गरेको आशिफ शेखले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई सुनाए।