एसिसी टि–२० एसिया कपमा सुपर फोरका खेलाहरु सुरु भएको छ। सुपर फोरको पहिलो खेलमा बंगलादेश विजयी भएको छ।
शनिबार राति भएको खेलमा बंगलादेशले श्रीलंकामाथि ४ विकेटको जित निकाल्दै सुपर फोरमा विययी सुरुआत गरेको छ।
पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले १९.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। उसका लागि सैफ हसनले सर्वाधिक ६१ रन बनाए। उनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे।
यस्तै, तोहिद रिदोएले ५८ रन बनाए। उनले ३७ बलमाा ४ चौका र २ छक्का प्रहार गरेर यस्तै, कप्तान लिटन दासले १६ बलमा २३ रन बनाए। बलिङमा श्रीलंकाका वानिन्दू हसरंगशा र दसुन सनकाले समान २ विकट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। उसका सनकाले अविजित ६४ रन बनाए। उनले ३७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे।
यस्तै, कुसल मेन्डिसले ३४ रन, पथुम निसान्काले २२, कप्तान चरिथा असलंकाले २१ रन र कुशल परेराले १६ रनको योगदान दिए। बलिङमा बंगलादेशका मुस्तफिजुर रहमानले ३, मेहदी हसनले २ विकेट लिए।
सुपर फोरमा आज भारत र पाकिस्तान भीड्दै छन्।
