
छक्का हान्दै आसिफले बनाए अर्धशतक, नेपालको उत्कृष्ट सरुआत
आईसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालका आसिफ सेखले अर्धशतक बनाएका छन्।
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा आसिफले १७औं ओभरको दोस्रो बलमा रिले हेकुरेलाई छक्का प्रहार गर्दै अर्धशतक बनाए। ४७ बलमा अर्धतक बनाउने क्रममा उनले ५ चौकार र २ छक्का प्रहार गरे।
आसिफको अर्धशतक मद्दतमा नेपाले उत्कृगट सुरुआत गरेको छ। नेपालले १८ ओभरको समाप्तिमा विना क्षति १०८ रन बनाएको छ।
आसिफले ५५ बलमा ६० रन बनाएका छन् भने कुशलले ५३ बलमा ४४ रन बनाएका छन्।