अलराउन्डर अक्षर पटेल इन्डियन प्रिमियर लिग (आईपिएल) टिम दिल्ली क्यापिटल्सको कप्तान बनेका छन्।
दिल्लीले उनलाई शुक्रबार कप्तान नियुक्त गरेका हो। केएल राहुल कप्तान बन्ने चर्चा बीच दिल्लले अक्षरले कप्तान बनाएको हो।
अघिल्लो सिजन टिमको कप्तान गरेका ऋषव पन्तलाई दिल्लीले मेगा अक्सन अघि रिलिज गरेको थियो। अक्सनमा दिल्ली राइट टु म्याच कार्ड प्रयोग गरे पनि उनलाई राख्न असफल भएको थियो।
अक्षर सन् २०१९ देखि दिल्लीमा रहँदै आएका छन्। अक्सन अघि दिल्लीले उनलाई १६.५ करोडमा रिटेन गरेको थियो। अक्षरले दिल्लीका लागि ६ सिजनमा ८२ खेल खेलेका छन्।
३१ वर्षीय अक्षरले आफ्नो घरेलु टोली गुजरातलाई विभिन्न फर्म्याटमा २३ खेलमा नेतृत्व गरेका छन्। हालै उनले २०२४–२५ को सैयद मुश्ताक अली ट्रफी र विजय हजारे ट्रफीमा कप्तानी गरेका थिए।
यो सँगै आईपिएलका १० वटै टिमले कप्तान पाएका छन्। जसमा ९ टिममा भारती कप्तान छन्। विदेशीका कप्तानका सनराइजर्स हैदरावादमा पाट कमिन्सन छन्।
चेन्नई सुपर किंग्समा रुतुराज गायकवाड, मुम्बई इन्डियन्समा हार्दिक पाण्ड्या, गुजरात टाइटन्समा शुभमन गिल, राजस्थान रोयल्समा सन्जु सामसन, लखनउ सुपर जायन्ट्समा ऋषव पन्त, कोलकाता नाइटराइडर्समा अजिन्का रहणे, पञ्जाव किंग्समा श्रेयस ऐयर कप्तान र रोयल च्यालेन्जर्स बैंग्लुरुमा रजत पटिदार कप्तान छन्।
आईपिएलको नयाँ सिजन मार्च २२बाट सुरु हुनेछ। उद्घाटन खेलमा कोलकाता र बैंग्लुरू भीड्ने छन्।