पाकिस्तानी ब्याट्सम्यान बाबर अजामले एकैदिन दुई अर्धशतक बनाएका छन्।
यो खबर सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। एकै दिन एउटै खेलाडीले कसरी २ अर्धशतक बनाउँछन्? भन्ने धेरैलाई लाग्न सक्छ।
तर, बाबरले यस्तै अचम्म लाग्ने काम गरेका छन्।
पछिल्ला केही वर्षयता खराब लयमा रहेका बाबरले झण्डै २ वर्षपछि अर्धशतक बनाए। त्यो पनि एकैदिन २ वटा।
उनले यस्तो अचम्म लाग्ने उपलब्धि केपटाउनमा जारी दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा कायम गरेका हुन्।
तेस्रो दिन दक्षिण अफ्रिकाले ६१५ रन बनाएपछि आफ्नो इनिङको सुरुआत गरेको पाकिस्तानका लागि बाबरले १२७ बल खेल्दै ५८ रन बनाए। बाबरले अर्धशतक बनाए पनि पाकिस्तान १९४ रनमै अलआउट भएको थियो।
त्यसपछि दक्षिण अफ्रिकाले फलोअन दियो। तेस्रो दिन नै दोस्रो इनिङ सुरु गरेको पाकिस्तानका लागि बाबरले १२४ बलमा ८१ रनको पारी खेले।
बाबरले कप्तान सान मक्सुदसँग पहिलो विकेटका लागि २०५ रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुआत दिलाएका थिए। तस्रो दिनको खेल सकिँदा पाकिस्तान २१३–१को अवस्थामा छ र उ अझै २०८ रनले पछि छ।