बुबाको प्रेरणाले आईपिएलमा फर्किए स्टोक्स

बिरामी बुबाको प्ररणाका कारणले इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्नका लागि युएईका फर्किएका । न्युजिल्यान्डबाट युएई आएर क्वारेन्टिनमा बसिरहेका स्टोक्सले बुबाकै प्रेरणाका कारण आफू आईपिएल खेल्न फर्किएको बताएका छन् ।

आईपिएलमा आउन आफ्नो परिवारबाट शुभेच्छा स्टोक्सले मंगलबार बेलायती पत्रिका द मिररमा लेखेका छन् । उनले अगाडि लेखेका छन्, ‘मैले आफ्नो अभिवावकबाट यहाँसम्म पुग्न माया र शुभेच्छा दुवै पाएको छुं, मैले यसपल्टको आईपीएल खेल्नेबारे हामी सबैले सामूहिक निर्णय गरेका हौं । फेरि क्रिकेट खेल्न मैदानमा ओर्लिन मलाई कसैले दबाब दिएको पनि छैन् ।’

क्राइस्टचर्चमा रहेको आफ्नो परिवारलाई भेट्न स्टोक्सले पाँच साताको बिदा लिएका थिए । उनका बिरामी बुबाले नै उनलाई आईपीएल खेल्न प्रेरित गरेका थिए । उनका बुबा मष्तिक क्यान्सरबाट गुज्रिरहेका छन् ।

‘बुबा मानसिक रूपमा बलियो हुनु हुन्छ र उहाँलाई खेलाडीका रूपमा मेरा के कस्तो जिम्मेवारी छ भनेर राम्रोसँग थाहा छ । फेरि एक पति र बुबाका रूपमा पनि मेरो अलगै भूमिका रहेको छ,’ स्टोक्सले लेखेका छन्, ‘मैले लामो समय विचार विमर्श गरेर नै यसपल्टको आईपीएल खेल्ने निर्णय गरेको हुँ । एक पल्ट यस्तो निर्णय गरिसकेपछि अब मेरो उद्देश्य भनेको पूर्णतः खेलमा आफ्नो ध्यान केन्द्रित गर्नु हुनेछ ।’

स्टोक्स न्युजिल्यान्डबाट दुबई पुगिसकेका छन् र अहिले ‘क्वारेन्टाइन’ मा बसिरहेका छन् । त्यसपछि मात्र उनले आफ्ना साथी खेलाडीलाई भेट्न पाउने छन् । बुबा, आमा र दाइलाई क्राइस्टचर्चमा बिदा माग्दाको क्षण सजिलो नभएको उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP