एनपिएलमा विराटनगरको लागतार दास्रो जित, काठमाडौंको लगातार दोस्रो हार

22 Nov, 2025

नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको कप्तानीमा विराटनगर किंग्सले लागतार दोस्रो जित हात पारेको छ। शनिबार साँझ टियू स्टेडियमा भएको खेलमा विराटनगरले काठमाडौं गोर्खाजलाई ५ विकेटले हरायो।

यसअघि विरानगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो। यता, काठमाडौंको भने यो लागतार दोस्रो हार हो। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सर्ला हराएको ऊ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।

काठमाडौंले लिएको १३५ रनको सामान्य लक्ष्य विराटनगरल १७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि जर्ज मुन्सीले सर्वाधिक ३६ रन बनाए। उनले १६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, मार्टिन गप्तिलले १९ बलमा २५ रन बनाउँदा नरेन भट्टले २४ र बासिर अहमदले १९ रन बनाए। बलिङमा काठमाडौंका साहकब आलमले २ तथा करण केसी, जेरार्ड इरास्मस र सन्तोष यादवले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले ६ विकेटको क्षतिमा १३४ रन मात्र बनाए। टप अर्डरका तीन ब्याट्सम्यान सस्तैमा आउट भएपछि काठमाडौं दबाबमा परेको थियो। एक समय ऊ ५६ रनमा ५ विकेट गुमाउँदै दबाबमा आए थियो। तर, आदिल आलम अन्सारीले अन्त्यतिर विस्फोटक पारी खेलेपछि पनि उसले सम्मानजनक स्कोर बनाएको हो।

अदिलले २५ बलमा ४ चौका र २ छक्का मद्दतमा ४८ रन बनाए। यस्तै, बेन चार्ल्सवर्थले ३२ र सन्तोष यादवले २६ रन बनाए।

काठमाडौैं इनिङ धरासायी बनाउने क्रममा विराटनगरका मर्चेन्ट डे लाङले ४ ओभरमा १७ रन मात्र खर्चेर २ विकेट लिँदा सुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले समान १ विकेट लिए।

प्रतियोगितामा भोलि भने कुनै खेल हुने छैन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]