दयाहाङ बने बिराटनगर किंग्सको गुडविल एम्बासडर

17 Nov, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिग टिम विराटनगर किंग्सले चर्चित अभिनेता दयाहाङ राईलाई गुडविल एम्बासडर नियुक्त गरेको छ।

विराटनगर किंग्सले काठमाडौंमा एक कार्यक्रम गर्दै दाहायाङलाई गुडविल एम्बासडर घोषणा गरेको हो।

गुडविल एम्बेसेडरको रूपमा विराटनगर किंग्समा आबद्ध भएपछि उनले टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए।

‘मेरा लागि यो एउटा नयाँ आयाम हो, यो अवसर दिएकोमा विराटनगर किंग्सलाई धेरै धेरै धन्यवाद। टिमसँग जोडिन पाउँदा निकै खुसी लागेको छ,’ उनले भने, ‘क्रिकेटले हामी सबैलाई धेरैसँग जोडेको छ । क्रिकेटले नेपाललाई विश्वसँग नै जोडेको छ।’

क्रिकेटले गर्दा नेपाली खेलकुद क्षेत्रलाई आफूले नजिकबाट बुझ्न पाएको उनले बताए। उनले खेलले नै हामी सबैलाई ठूलो धैर्यता सिकाएको बताए।

स्टार क्रिकेटर सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा आयरल्यान्डका पूर्वअलराउन्डर केभिन आ’ब्रायन प्रशिक्षक छन्।

लिगका लागि विराटनगरले न्युजिल्यान्डका चर्चित ओपनर मार्टिन गुप्टिल, ओमानका अलराउन्डर अकिव इलियास, क्यानडाको ब्याट्सम्यान निकोलस क्रिटोन, स्टकल्यान्डका बलर क्रिस सोल, अफगानिस्तानका युवा अलराउन्डर इस्मत आलमलाई अनुबन्धन गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ ।