नेपाली युवा क्रिकेटरको ब्याटिङ क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल क्रिकेट संघ (क्यान)ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ।
क्यानले माघ ४ गतेदेखि १२ गतेसम्म क्याम्प सञ्चालन गर्ने लागेको हो। कीर्तिपुरस्थित टियू मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने क्याम्पमा युवा तथा उदीयमात्र २० ब्याट्सम्यान सहभागी हुने छन्।
क्याम्प राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने क्यानले जनाएको छ।
जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका मधेश युवा ब्याट्सम्यान मयन यदाव भने क्यामा हुनेछैनन। प्रतियोगिताको अन्तिम खेलमा क्रममा उनको औंलामा चोट लागेका हुने उनी क्यम्पबाट बाहिरिएका हुन्।
छनोट भएका खेलाडी
लोकेश बम, किरन ठगुन्ना, तृतराज दास, रित गौतम, सोनु अन्सारी, अभिषेक तिवारी, सन्तोष यादव, उत्तम रंगु थापा मगर,सोहेल कुमार, विपिन रावल, नरेन भट्ट, आकाश त्रिपाठी, शुभ कंशकार, ईमरान शेख, सन्तोष कार्की, अर्जुन कुमाल, अंकित सुवेदी, सुजन थपलिया, आशुतोष घिरैहिया, अर्जुन घर्तिमगर।