क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको २ वर्षे सम्झौता सकियो, नवीकरण नगर्ने क्यानको निर्णय

1 Feb, 2025

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको २ वर्षे सम्झौता सकिँदै छ। नेपाल क्रिकेट संघ (क्यान)ले उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ।

देशाईसँग सन् २०२३‌ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन्।

मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले खराब फर्मबाट माथि उठेर राम्रो प्रदर्शन गरेको थियो भने पहिलोपटक एसिया कप खेल्नुका साथै १० वर्षपछि आईसीसी टी२० विश्वकप पनि खेलेको थियो।

मोन्टीले केही दिनअघि नेपालका युवा ब्याटरहरूलाई ब्याटिङ क्लिनिकमा पनि समावेश गराएका थिए ।

मोन्टीको प्रशिक्षणमा नेपालले गरेको उत्कृष्ट प्रदर्शन र सफलतासँग जोडिएको उनको योगदानका लागि क्यानले मोन्टीलाई धन्यवाद दिएको छ।