क्यानडा राष्ट्रिय क्रिकेट टोलीका कप्तान निकोलस किर्टन लागूऔषधसहित पक्राउ परेका छन्।
२६ वर्षीय किर्टनलाई मार्च ३० मा बार्बाडोसको ग्रान्टली एडम्स अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ २० पाउण्ड (९ केजी) गाँजासहित प्रहरीले पक्राउ गरेको हो।
एयर क्यानडाको उडानबाट आफ्नो जन्मभूमि बार्बाडोस फर्किंदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। किर्टन अनुसन्धानमा सहयोग गरिरहेको प्रहरीले जनाएको छ।
किर्टनको पक्राउले क्यानडाको क्रिकेटमा तरंग ल्याएको छ। मार्च १५ मा नामिबियाविरुद्धको खेल मार्फत उनले क्यानेडियन टिमको कप्तानी सम्हालेका लिए।
बार्बाडोसमा जन्मिएका किर्टनले आफ्नी क्यानेडियन आमाको कारण क्यानडाको टिमका खेलेका हुन्। सन् २०२४मा भएको टि–२० विश्वकपमा पनि उनी क्यानडाको टिममा थिए।
क्रिकेट क्यानडाले आफ्ना कप्तान किर्टनका बारेको आरोप र उनको हिरासत बसाईबारे आफूहरु सचेत भएको जनाएको छ। यो घटालाई आफूहरुले नजिकबाट निहालिरहेको क्यानडा क्रिकेटले जनाएको छ।
बार्बाडोसमा सन् २०१५ मा गाँजासम्बन्धी कानुनमा केही खुकुलो बनाइएको थियो, जसअनुसार ५७ ग्रामसम्म गाँजा बोक्नु गैर–आपराधिक मानिन्छ र जरिवाना मात्र लाग्छ। तर, ९ किलोग्राम गाँजा भने यो सीमाभन्दा १६० गुणा बढी हो, जुन गम्भीर अपराधको श्रेणीमा पर्छ।
किर्टनमाथि लागूऔषध ओसारपसारको आरोप लाग्न सक्ने सम्भावना छ, र यो मामिलामा उनको कानुनी लडाइँ लामो हुन सक्छ।
यो घटनाले किर्टनको करियर र क्यानडा क्रिकेट टोलीको छविमा ठूलो असर पार्न सक्छ।
किर्टनको नेतृत्वमा टोलीले उल्लेखनीय प्रदर्शन गरेको थियो, र उनको अनुपस्थितिमा टोलीको मनोबल र रणनीतिमा प्रभाव पर्न सक्ने बताइएको छ।
अब सबैको ध्यान उनको कानुनी प्रक्रिया र टोलीको आगामी कदममा केन्द्रित छ।
किर्टन नेपाली क्रिकेट प्रेमीमाझ पनि परिचित नाम हो। उनले पहिलो संस्करणको नेपाल प्रिमियर लिग विराटनगर किंग्सबाट खेलेका थिए।