चितवनले रिटेन गर्‍यो कुशल, रिजन र कलमसहित ६ खेलाडी

23 Jun, 2025
Share:
117 Shares

नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइजी टिम चितवन राइनोजले दोस्रो संस्करणका लागि मार्की खेलाडी तथा कप्तान कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरेको छ।

चिवनले सोमबर सामाजिक सञ्जालमार्फत एनपिएलको दोस्रो संस्करणका लागि ६ खेलाडी रिटेन गरेको जनाएको छ।

चितवनले कुशलसहित राष्ट्रिय टिमबाट खेलिसकेका फास्टबलरद्वय रिजन ढकाल र कमलसिंह ऐरीलाई पनि रिनेट गरेको छ। पहिलो संस्करणमा रिजनले उत्कृष्ट प्रदर्शन गर्दा चोटका कारण कमलले प्रतियोगिता खेलेका थिएनन्।

यस्तै, उनले अलराउन्डर अमरसिंह रौटेला, ब्याट्सम्यान दीपक बोहरा र फस्ट बलर गौतम केसीलाई रिनेट गरेको छ।

पहिलो संस्करणमा चिवतल प्लेअफसम्म पुगेको थियो। लिगमा तेस्रो बनेको ऊ एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको थियो।