अस्ट्रेलियन ओपनर डार्सी सर्टले लुम्बिनीबाट एनपिएल खेल्ने

16 Oct, 2025

अस्ट्रेलियन ओपनर डार्सी सर्टले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण खेल्ने भएका छन्।

३५ वर्षीय बायाँहाते ओपनर सर्टलाई एनपिएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले अनुबन्धन गरेको छ। लुम्बिनीले समाजिक सञ्जालमार्फत यसको जानकारी दिएको छ।

सर्ट टि २० क्रिकेटको ठूलो नाम हो। उनले अस्ट्रेलियाका लागि ८ एकदिवसीय र २३ टि२० आई खेलेका छन्। टि२० आईमा उनले ४ अर्धशतक मद्दतमा ६४२ रन बनाएका छन्।

उनले १८० टी २० खेल खेलेका छन्। जसमा उनले २ शतक र ३९ अर्धशतक मद्दतमा ५४०१ रन बनाएका छन्।

सर्ट बिग ब्यासमा एडिलेड स्ट्राइकर्स र होबार्ट हुरिकेन्सबाट खेलेका छन्। उनले एडिलेडबाट २ र होबार्टबाट ७ सिजन खेलेका छन्। उनी सन् २०१८ र २०१९ को सिजनका बाग बासका सर्वोत्कृष्ट खेलाडी पनि हुन्।

सर्ट एनपिएलको दोस्रो सिजका लागि अनुबन्धन हुने दोस्रो विदेशी खेलाडी हुन्। यसअघि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाकै क्रिस लिनलाई अनुबन्धन गरेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]