लखनउ सुुपर जायन्ट्सका स्पिनर दिग्वेस राठी प्रतिबन्धमा परेका छन्। सोमबार राति एकाना क्रिकेट स्टेडियममा सनराइजर्स हैदरावादविरुद्धको खेलका क्रममा ओपनर अभिषेक शर्मालाई झगडामा उत्रिएपछि राठीलाई आईपिएल गभर्निङ काउन्सिलले १ खेलको प्रतिबन्ध लगाएको हो।
राठीको यो आईपिएलको पहिलो सिजन हो। उनी लनखउका सबैभन्दा उत्कृष्ट बलर हुन्। अब लखउनले अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरसँग आफ्नो इनफर्म बलरबिनै खेल्ने छ।
यो सिजनमा तेस्रो पटक आईपीएल आचार संहिताको उल्लंघन गरेकका राठीलाई १ खेल प्रतिबन्धसँगै ५० प्रतिशत म्याच फि पनि जरिवाना लगाइएको छ।
खेलको आठौँ ओभरमा ्राठीले अभिषेकलाई ५९ रनमा आउट गरेका थिए। अभिषेकलाई आउट गरेपछि राठीले आफ्नो चर्चित ‘नोटबुक सेलिब्रेसन’ गरेका थिए। ऊ अभिषेकलाई मैदान बाहिर जान संकेत गरेका थिए। त्यसपछि अभिषेक पनि रिसाएका थिए। दुवैबीच भनाभन पनि भएको थियो। उनीहरुलाई अम्पायर र साथी खेलाडीहरुले छुट्याएका थिए।
यो घटनापछि अभिषेकलाई पनि म्याच फीको १५ प्रतिशत जरिवाना तोकिएको छ।
