नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेरका छन्। दीपेन्द्रले शनिबार भएको एसिसी प्रिमियर कप अन्तर्गत कतारविरुद्ध अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका हुन्।
यस्तो उपलब्धि हाँसिल गर्ने दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटको पाँचौं, टि–२० अन्तर्राष्ट्रियको केवल तेस्रो र नेपालको पहिलो खेलाडी हुन्। दीपेन्द्र दुई पटक लागातरा ६ बलमा ६ छक्का प्रहार गर्ने एक्लो खेलाडी हुन्। यसअघि उनले एसियन कपअन्तर्गत मंगोलियाविरुद्ध २ ओभरमा गरी लगातार ६ बलमा छक्का प्रहार गरेका थिए।
खेलपछि दीपेन्द्रले चौथो छक्का प्रहार गरेपछि ६ वटै छक्का हान्न सक्छु भन्ने लागेको बताए।
‘मैले पहिलादेखिनै बलिङ, ब्याटिङ र फिल्डिङको अभ्यास यस्तै गर्थेँ । त्यही कुरा अहिले काम लागिराखेको छ,’ उनले भने, ‘चौथो छक्कापछि मलाई लाग्यो कि अरु दुई छक्का हान्न सक्छु।’
दीपेन्द्रले टोलीको विश्वासका कारणले नै आफूले राम्रो प्रदर्शन गर्न सकेको बताए। ‘एकदमै खुसी लागेको छ, कीर्तिमान बनाउन सकेँ। टिमले मलाई एकदमै सपोर्ट गर्छ । कोचले पनि फिनिसरको रुपमा नै हेर्नुहुन्छ । टिमले एक अर्कालाई सपोर्ट गर्दा म यहाँ छु’, उनले भने।