दीपेन्द्र टि-२०को अलराउन्डर वरीयतामा पुनः शीर्ष २ मा फर्किए

30 Jul, 2025

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसिसीको टि–२० अलराउन्डरको वरियतामा पुनः दोस्रो स्थानमा फर्किएका छन्।

आईसिसीको नयाँ अपटेड अनुसार दीपेन्द्र एक स्थानमाथि उक्लँदै पुनः दोस्रो स्थानमा पुगेका हुन्। यसअघि उनी एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेका थिए।

दीपेन्द्रको २०९ रेटिङ पोइन्ट छ। शीर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या छन्। उनको २५२ रेटिङ पोइन्ट छ।

अघिल्लो पटक दीपेन्द्रलाई उछिनेका वेस्टइन्डिजका अलराउन्डर रोस्टन चेस भने ७ स्थान तल झर्दै नवौं स्थानमा पुगेका छन्। अस्ट्रेलियाविरुद्धको ५ खेलको टि–२० सिरिजमा खराब प्रदर्शन गरेपछि उनी ७ स्थान तल झरेका हुन्।

यस्तै, तेस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी, चौथौ स्थानमा इंग्ल्यान्डका लिअम लिभिङ्सटन र पाँचौं स्थानमा वेस्टइन्डिजका रोमारियो सेफार्ड छन्।

अलराउन्डर वरियतामा शीर्ष सयमा नेपालका अन्य ५ खेलाडी पनि छन्। जसमा कुशल भुर्तेल १ स्थान तल झर्दै ३४औं, गुल्सन झा एक स्थान माथि उक्लँदै ५८औं, १ स्थान तल झरेका कप्तान रोहित पौडेल ६८ र कुशल मल्ल ६९औं स्थानमै यथवात छन्। यस्तै, करण केसी २ स्थान तल झर्दै ५१औं स्थानमा छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]