विश्वकपमा अर्धशतक बनाउने दोस्रो खेलाडी बने दीपेन्द्र

15 Feb, 2026

दीपेन्द्रसिंह ऐरी टि–२० विश्वकपम नेपालका लागि अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका छन्।

उनले मुम्बईस्थित वानखेडे मैदानमा जारी वेस्टइन्डिजविरुद्धको खेलमा समार जोसेफलाई छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनले ४४ बलमा अर्धशतक बनाए।

१९औं आभेरका पहिलो बलमा आउट भएका उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गदैृ ५८ रन बनाए।

नेपालले तेस्रो विश्वकप खेल्दा यो दोस्रो अर्धशतक मात्र हो। यसअघि सन् २०१४मा सुवास खकुरेल अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए।

दीपेन्द्र वानखेडेमा अर्धशतक बनाउने पहिलो खेलाडी पनि बनेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]