वान डेका लागि इंग्ल्यान्डको प्रारम्भिक टिमको घोषणा, बटलर, रुट र स्टोक्स परेनन्

इंग्ल्यान्डले आसन्न आयरल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि प्रारम्भिक टिमको घोषणा गरेको छ । इंग्ल्यान्ड तथा बेल्स क्रिकेट बोर्डले नयाँ खेलाडीलाईका मौका दिँदै २४ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।

बिहीबार घोषणा गरिएको प्रारम्भिक टिममा कप्तान जो रुट, जोश बट्लर र बेन स्टोक्सलाई राखएिको छैन । पाकिस्तानसँगको सिरिजकै बीचमा आयरल्यान्ड इंग्ल्यान्डले वान डे म्याच खेल्ने भएकाले रुट, बट्लर र स्टोक्सलाई आराम दिइएको छ ।

टिमका ९ जना नयाँ खेलाडीलाई मौका दिइएको छ । तिनीहरुमा हेनरी ब्रुक्स्, स्याम हेन, लोरी इभान्स, फिल सल्ट, ब्राइडन कार्स, रिचर्ड ग्लिसन, टम हेल्म, लिविस ग्रिगोरी र लिआम लिभिङस्टोन छन् ।

आयरल्यानडसँगको वान डे सिरिज ३० जुलाइबाट सुरु हुने छ । वान डे सिरिज सकिने वित्तिकै पाकिस्तानविरुद्धको टेस्ट सिरिज सुरु हुने छ । आयरल्यान्डविरुद्धको वान डे सिरिजका लागि पूर्व खेलाडी पाउल कलिङउडलाई प्रशिक्षकको जिम्मा जिइएको छ ।

यस्तो २४ सदस्यीय प्रारम्भिक टिमः

इओन मोर्गन, मोइन अली, जोनाथन बेइस्टो, टम बान्टोन, साम विलिङ्स, हेनरी ब्रुक्स, ब्राइडन कार्स, टम कुरान, लिअम डाव्सोन, बेन डुकेट, लौरिस इभान्स, रिचार्ड ग्लिसन, लेविस जर्जी, साम हेन, टम हेल्म, लिआम लिभिङ्स्टोन, साक्विद मक्सुद, म्याथ्यु पार्किन्सन, अदिल रसिद, जासन रोए, फिल साल्ट, रिसे टोप्लेइ, जेम्स भिन्स, डेविड वाइली ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.