आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फरले विश्वकपमा नयाँ कीर्तिमान कायम गरेका छन्।
२६ वर्षीय यी आइरिस अलराउन्डरले ५ बलमा ५ विकेट लिँदै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। प्रोफेसनल क्रिकेटमा ५ बलमा ५ विकेट लिएको यो पहिलो पटक हो।
क्याम्फरले आयरल्यान्डमा जारी ‘इन्टर प्रोभियन्स टि–२० ट्रफी’ यो दुर्लभ कीर्तिमान कायम गरेका हुन्। उनले मुन्स्टर रेड्सबाट खेल्दै नर्दन वेस्ट वारियर्सविरुद्ध यो कीर्तिमान बनाए।
उनले यो कीर्तिमान एकै ओभरका ५ बलमा भने बनाएका होइनन्। सो खेलमा उनले १२औं ओभरको अन्तिम २ र १४औं ओभरका सुरुआती ३ बलमा विकेट लिएका थिए। खेलमा उनले २.३ ओभरमा १६ रन मात्र खर्चेर ५ विकेट लिए।
क्याम्फरले घारतक बलिङ गरेपछि ८७–५को अवस्थामा रहेको वारियर्स ८८ रनमा अलआउट भएको थियो। खेलमा मुन्स्टर १ सय रनको फराकिलो अन्तरले विजयी भयो।
क्याम्परले आयरल्यान्डबाट ७ टेस्ट, ४३ एकदिवसीय र ६१ टि–२० अन्तर्राष्ट्रिष्य खेल खेलेका छन्। जसमा उनले २३७९ रन र ७० विकेट लिएका छन्।
