अफगानिस्तानका नइबलाई आईपिएल खेल्ने मौका, मिचेल मार्सको स्थानमा दिल्लीले भित्र्यायो

26 Apr, 2024

अफगानिस्तानका अलराउन्डर गुल्बादिन नइबले इन्डियन प्रियिमर लिग ९आईपिएल० खेल्ने मौका पाएका छन्। नइब सिजन आधा सकिएपछि आईपिएलमा आबद्ध भएका हुन्।

३३ वर्षीय नइबलाई दिल्ली क्यापिटल्स टिममा अनुबन्धन गरेको छ। उसले अस्ट्रेलियन अलराउन्डर मिचेल मार्सको स्थानमा नइबलाई टिममा राखेको छ।

चोटका कारण मार्सले आईपियलका बाँकी सिजन गुमाउने भएपछि दिल्लीले उनको रिप्लेसमेन्टमा नइबलाई भित्र्याएको हो।

नाइबले अफगानिस्तानका लागि ८२ ओडीआई र ६५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। फास्ट बलिङ अलराउन्डर नबइलाई दिल्लीले ५० लाख रुपैयाँमा अनुबन्धन गरेको हो।

यो सिजन आईपिएलमा आबद्ध उनी सातौं अफगान खेलाडी हुन्। गुजरात टाइटन्सबाट रसिद खान, नूर अहमद र अज्मतुल्लाह ओमरजाइ, मुम्बईबाट मोहम्मद नाबी, कोलकाताबाट रमनुल्लाह गुर्बाज र लखनउ सुपर जाइन्ट्सबाट नविन उल हकले आईपिएल खेलिरहेका छन्।