लिस्ट एमा कप्तानको कीर्तिमान

विश्पकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अमेरिकाविरुद्धको अन्तिम खेलसँगै नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्रले मल्लले पनि रेकर्ड बनाए । यो सँगै ज्ञानेन्द्र सर्वाधिक लिस्ट ए खेल खेल्ने नेपाली खेलाडी बनेका छन् ।

ज्ञानेन्द्रले ५० लिस्ट ए खेल खेलेका छन् । उनीभन्दा पछि सोमपाल कामी छन् । उनले ४५ लिस्ट ए खेल खेलेका छन् । लिस्ट एमा ज्ञानेन्द्र मल्लले ६ अर्धशतकसहित ११४८ रन बनाएका छन् । नटआउट ९१ उनको सर्वाधिक स्कोर हो ।

सर्वाधिक लिस्ट ए खेल खेले पनि रनमा भने ज्ञानेन्द्र पारस खड्काभन्दा पछाडि छन् । पारसले ४४ खेलमा १४९७ रन बनाएका छन् । जसमा ३ शतक ९ अर्धशतक सामेल छ । शरद भेषावकर तेस्रो स्थानमा छन् । उनले उनले ३६ खेलमा १०३० रन बनाएका छन् ।

लिस्ट एमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी मिडियम पेसर सोमपाल कामी हुन् । उनले ४५ खेलमा ६५ विकेट लिएका छन् ।

ओडिआई मान्यता नपाएका राष्ट्रले खेल्ने ५० ओभरको अन्तराष्ट्रिय खेललाई लिस्ट एमा राखिन्छ । तर, आईसीसीको मापदण्ड पुरा गरे ५० ओभरको घरेलु क्रिकेटले समेत लिस्ट ए मान्यता पाउँछन् । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेललाई समेत लिस्ट ए खेल भनिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.