ज्ञानेन्द्र मल्ल बनेनन् रास्वापबाट समानुपातिक सांसद्, भन्छन्– देशको सेवाका लागि जुनसुकै भूमिका लागि तयार छु

16 Mar, 2026

पूर्वराष्ट्रिय क्रिकेटर र प्रशिक्षक ज्ञानेन्द्र मल्ल राजनीतिमा होमिएका छन्। फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचन अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उनी राजनीतिमा होमिएका हुन्।

रास्वपाले उनलाई समानुपातिक सांसदको सूचीमा राखेको थियो। तर, रास्वपाले दुई तिहाई नजिक सिट ल्याउँदा मल्ल भने समानुपातिबाट सांसद बन्न सकेनन्।

रास्वपाले समानुपातिकमा ५७ सांसद पाएको थियो। त्यसमा ४९ महिला र ७ जना मात्र पुरुष राख्नुपर्दा ज्ञानेन्द्र यो पटक सांसद बन्न सकेनन्।

सांसद बन्न नसकेपछि मल्लले सामाजिक सञ्जालमार्फत व्यक्तिको जितभन्दा देशको जित नै सबैभन्दा ठूलो कुरा भएको बताएका छन्। उनले समानुपातिकतर्फ रास्वपाको बन्द सूचीबाट सांसद बनेकाहरूलाई बधाई दिँएका छन्।

‘म सदनमा रहुँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। किनकि अन्त्यमा, व्यक्तिको हार–जितभन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो,’ उनले लेखेका छन्।

उनले देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]