ठूलो चर्चा र चासोबीच भारतीय अलराउन्डर हार्दिक पाण्ड्या पुरानै फ्रेन्चाइजी क्लब मुम्बई इन्डियन्स फर्किएका छन्।
आइतबार दिउँसो नै पाण्ड्या मुम्बई फर्किएको बताइएको थियो। तर, साँझ गुराजतले पाण्ड्यालाई रिनेट गरेको थियो। त्यसपछि उनी गुजरातमै रहने आँकलन गरिएको थियो।
मुम्बईबाटै चर्चामा आएका पाण्ड्या २ वर्षपछि पुरानो क्लब फर्किएका हुन्। मुम्बईले उनलाई गुजरात टाइटन्सबाट ट्रेड गरेको हो। त्यसका लागि मुम्बईले १५ करोड रुपैयाँ खर्चियो।
हार्दिकले आफ्नो कप्तानीमा पहिलो सिजन नै गुजरातलाई च्याम्पियन बनाएका थिए भने दोस्रो सिजन पनि फाइनल पु¥याएका थिए।
हार्दिकलाई ट्रेड गरेको मुम्बईले अस्ट्रेलियन अलराउन्डर क्यामरुन ग्रीनलाई ट्रेड गरेर रोयल च्यालेन्जर्स बैंग्लोरमा पठाएको छ। अघिल्लो सिजन ग्रनीले मुम्बईमा बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए।