दक्षिण अफ्रिकाका लिजेन्ड ताहिरले जनकपुरबाट एनपिएल खेल्ने

9 Nov, 2025

दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर इमारान ताहिरले नेपाल प्रियिार लिग खेल्ने भएका छन्।

एनपिएलको दोस्रो संस्करणका लागि लिजेन्ड स्पिनर ताहिरलाई च्याम्पियन जनकपुर बोल्ट्सले अनुबन्धन गरेको हो।

सन् २०१९ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका ४६ वर्षीय ताहिर अहिले पनि उत्कृष्ट फर्ममा छन्। उनी यसैवर्षको क्यारेबियन प्रियिमर लिगको सर्वाधिक विकेट लिने बलर हुन्। उनले यो सिजन सिपिएलमा १२ खेलमा २३ विकेट लिएका थिए।

विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलेका ताहिरले दक्षिण अफ्रिकाका २० टेस्ट, १०७ एकदिवसीय र ३८ टि–२० खेल खेलेका छन्। जसमा उनले २९३ विकेट लिएका छन्।

आईपिएलमा ८ सिजन खेलेका उनले कुल ४४६ टी–२० खेलमा ५७० विकेट लिएका छन्। उनले आईपिएल राइजिङ पुने सुपरजायन्ट्स, दिल्ली डेयरडेभिल्स र चेन्नई सुपर किङ्सबाट खेलेका छन्।

ताहिरको आगमनसँगै जनकपुर बोल्ट्सको स्पिनर बलिङ मजबदु भएको छ। स्पिनर डिपार्टमा ताहिरलाई ललित राजवंशीले साथ दिने छन्।

वेस्टइन्डिजका लिजेन्ट शिवनराइन चन्द्रपउल मुख्य प्रशिक्षक रहेको जनकपुरले लहिरु मिलन्था र दक्षिण अफ्रिकाकै अलराउन्डर वायन पार्नेललाई अनुबन्धन गरेको छ।

जनकपुरमा आसिफ सेख, अनिल साह, ललित राजवंशी, मयन यादव, किशोर महतो, रुपेश सिंह, शुभ कंशकारलगायतका खेलाडी छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]