भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि उपाधि जितेको छ। आइतबार राति मुम्बईमा भएको फाइलनमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक उपाधि जितेको हो।
२९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा २४५ रनमा अलआउट भयो। उसका कप्तान लाउरा वुल्भार्डले शतक बनाए पनि अन्यले गतिलो साथ नदिँदा दक्षिणा अफ्रिका चुकेको थियो।
उसका एनरी डर्कसनले ३५ रन बनाउँदा वुल्भार्डलाई अर्को इन्डबाट राम्रो साथ नमिल्दा दक्षिण अफ्रिका पहिलो उपाधि जित्नबाट चुक्यो।
दक्षिण अफ्रिकालाई रोक्ने क्रममा भारतका लागि दीप्ति शर्माले ५ विकेट लिइन् भने शफाली वर्माले २ तथा श्री चरनीले १ विकेट लिइन्तजगपब।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २९८ रन बनायो। उसका सफाली वर्माले सर्वाधिक ८७ रन बनाइन् भने दीप्ति शर्माले ५८ रन बनाइन् । स्मृति मन्धानाले ४५ रन बनाइन् ।
दक्षिण अफ्रिकाका लागि आयाबोङ्गा खाकाले ३ विकेट लिइन् भने नोकुलेलो मलाबा, नदीन डे क्लर्क र क्लोए टायरनले १ विकेट लिए।
भारतले यसअघि पनि २ पटक फाइनल खेलेकोमा उपाधि जित्न सकेको थिएन । दक्षिण अफ्रिकाले पहिलोपटक फाइनलमा स्थान बनाएको थियो।
महिला विश्वकपको उपाधि सबैभन्दा धेरै अस्ट्रेलियाले ७ पटक जितेको छ । भारतले अस्ट्रेलियालाई नै सेमिफाइनलमा हराएर फाइनलमा स्थान बनाएको थियो ।
