भारतीय टि-२० टिममा उपकप्तानका रुपमा फर्किए गिल, परेनन् आईपिएलमा चम्किएका श्रेयस र प्रसिद्ध

19 Aug, 2025

आसन्न टि–२० एसिया कपका लागि भारतले टिम घोषणा गरेको छ। बिसिसिआईले मंगलबार सूर्यकुमार यादवका कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको छ।

भारतीय टि–२० टिममा लामो समयपछि शुभमन गिलले कमब्याक गरेका छन्। उनलाई एसिया कपको टिममा उपकप्तान पनि बनाइएको छ।

भारतीय टेस्ट टिमको कप्तान गिल एकदिवसीय टिमको उपकप्तान छन्। निकट भविष्यमै तीनै फर्म्याटमा एकै कप्तान बनाउने लक्ष्य स्वरुप बिसिसिआईले गिल्ले टि–२० टिमको पनि उकप्तान बनाएको हो।

सन् २०२४ को जुनाईमा श्रीलंकामा भएको सिरिज पछि गिल भारतीय टिममा थिएनन्। यसअघि अक्षर पटेल भारतीय टिममा उपकप्तान थिए।

यता, आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेका फास्ट बलर प्रसिद्ध कृष्णा र ब्याट्सम्यान श्रेयस ऐयर भने टिममा अटाउन सकेनन्। प्रसिद्ध आईपिएलका सर्वाधिक विकेट लिने खेलाडी हुन् भने श्रेयसले पञ्जाब किंग्सलाई फाइनल पु¥याउने क्रममा उत्कृष्ट प्रदर्शन गर्दै ६०४ रन बनाएका थिए।

भारतीय टिममा ओनपरका सञ्जु सामसन, अविशेक शर्मा र शुभमन गिल छन् भने ब्याट्सम्यानका रुपमा सूर्यकुमार यादव, तिलक बार्मा, रिंकु सिंह छन्। यस्तै, विकेटकपरका रुपमा सञ्जु र जितेश शर्मा टिममा रहँदा अलराउन्डरका रुपमा हार्दिक पाण्ड्या, शिभव दुवे र अक्षर पटेलले छन्।

यस्तै, स्पिनरका रुपमा बरुण चक्रवर्ती र कुलदीप यादव रहँदा फास्ट बलरका रुपमा जसप्रित बुमराह, अर्शदीप सिंह र हर्षित राणा छन्।

यस्तै, बिसिसिआईले प्रसिद्ध, वासिङ्टन सुन्दर, रियान पराग, ध्रुव जुरेल र यशस्वी जैसवाललाई रिजर्भ खेलाडीका रुपमा राखेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]