घरेलु मैदानमा हुने वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिजका लागि भारतले टिम घोषणा गरेको छ।
भारतले शुभमन गिलको कप्तानीमा १५ सदस्यी टिमको घोषणा गरेको हो। ऋषव पन्त चोटका कारण टिमबाट बाहिर रहँदा रविन्द्र जडेजालाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
यस्तै, टिममा ऋषवकै स्थानमा विकेटकपर नारायण जगदिसनले स्थान बनाउनँदा ब्याट्सम्यान देवदत्त पडिकलले पनि टिममा पुनरागमन गरेका छन्। उनले चोटका कारण इंग्ल्यान्डविरुद्ध सिरिज गुमाएका थिए। अलराउन्डरद्वय अक्षर पटेल र नितिशकुमार रेड्डीले टिममा पुनरागमन गरेका छन्।
यस्तै, इंग्ल्यान्ड भ्रमणमा रहेका फास्ट बलर आकाश दीप, ब्याट्सम्यानद्वय करुण नायर र अभिमन्यू इश्वरनले भने टिममा स्थान बनाउन सकेनन्।
भारतले वेस्टइन्डिजसँग दुई खेलको सिरिज खेल्नेछ। पहिले खेल अक्टोबर २ बाट अहमदावादमा हुनेछ भने दोस्रो खेल अक्टोबर १०मा दिल्लीमा हुनेछ।
भारतीय टिमः शुभमन गिल, केएल राहुल, यशस्वी जैसवाल, साई सुदर्शन, देवदत्त पडिकल, ध्रुव जुरेल, रविन्द्र जडेजा, नारायण जगदिसन, नितिशकुमार रेड्डी, अक्षर पटेल, वासिङ्टन सुन्दर, जसप्रित बुमराह, प्रसिद्ध कृष्णा, कुलदीप यादव र मोहम्मद सिराज ।
