वर्षा प्रभावित दोस्रो टेस्टमा भारतले बंगलादेशविरुद्ध रोमाञ्चक जित निकालेको छ। कानपुरमा भएको दोस्रो टेस्ट अढाइ दिनमात्र सम्भव भएको थियो। त्यसपछि टेस्टा बराबरी हुने अड्कल गरिएपनि भारतले ८ विकेटको रोमाञ्चक जित निकाल्यो।
योसँगै भारतले २ खेल सिरिज क्लिनस्विप गरेको छ। पहिलो टेस्ट भारतले २८० रनले जितेको थियो।
अन्तिम दिन बंगलादेशले दिएको ९५ रनको झिनो लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। भारतको जितमा यशस्वी जैसवाल ४५ बलमा ८ चौका र १ छक्कासहित ५१ रन बनाए भने विराट कोहलीले २९ रनमा नटआउट रहे। बलिङमा बंगलादेशका मेहेदी हसन मिराजले २ र ताइजुल इस्लामले १ विकेट लिए।
त्यसअघि पहिलो इनिङमा बंगलादेशले २३३ रन बनाएको थियो। पहिलो दिन ३५ ओभरको खेल मात्र सम्भव भएको थियो। जसमा बंगलादेशले १०७–३को अवस्थामा थियो। त्यसपछि लागतारको वर्षाले खेल २ दिन पूर्ण रुपमा रोकिएको थियो।
त्यसपछि चौथो दिन बंगलादेश थप १२६ रन बनाउँदै २३३ रनमा अलआउट भयो। उसका मोमिन उल हकले १०७ रनको इनिङ खेल्दा कप्तान नज्मुल हुसैन सान्टोले ३१ र शादम इलामले २४ रनको योगदान दिए। बलिङमा भारतका जस्प्रित बुमरामहले ३ विकेट लिँदा मोहम्मद सिराज, रविचन्द्रन आविश्वन र आकाश दीपले समान २ विकेट लिए।
चौथो दिन नै आफ्नो पहिलो पारी सुरुआत गरेको भारतले विस्फोटक ब्याटिङ गर्दै ३४.४ ओभरमा २८५–९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। विस्फोटक ब्याटिङ गरेको भारतका लागि यशस्वी जैसवालले ५१ ब लमा ७२, केएल राहुलले ४३ बलमा ६८ र कोहलीले ३५ बलमा ४७ रन बनाए। बलिङमा बंगलादेशका मेहदी हसन मिराज र सकिब अल हसनले समान ४ विकेट लिए।
त्यसपछि चौथो दिन नै आफ्ना् दोस्रो इनिङ थालेको बंगलादेश पाँचौं दिनको लन्चअघि नै १४६ रनमा अलआउट भयो। उसका शादम इस्लामले ५० र मुस्फिकर रहिमले ३७ रन बनाए। बंगलादेशको इनिङ धरासायी बनाउने क्रममा भारतका बुमरामह, आविश्वन र रविन्द्र जडेजाले समान ३ विकेट लिए।